Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिलाे खेलमा नेपाल ओमानसँग पराजित

पहिलाे खेलमा नेपाल ओमानसँग पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • ०९:४४:५८ बजे
  • 1.1K
    SHARES
  • पहिलाे खेलमा नेपाल ओमानसँग पराजित

    अमेरिकामा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ९८ रनमा समेटियो ।

    images

    नेपालका आरिफ शेखले ६६ रनको अर्धशतकीय इनिङ खेले । देव खनालले ३४ तथा रोहित पौडेलले २० र दिपेन्द्र सिंह ऐरीले १६ रन जोडे ।

    त्यस्तै विनोद भण्डारीले १४, सोमपाल कामीले १३, डेब्यु खेलाडी सुनिल धमलाले १२, करण केसीले ८ रन जोडे । ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट हुँदा सुशन भारी सुन्य रनमा अविजित रहे ।

    ओमानका जिसन मक्सुद र खवर अलिले ३/३ तथा बिलाल खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो ।

    नेपालका करण केसीले ५ विकेट लिए । उनी सोमपाल कामी र सन्दीप लामिछाने पछि एकदिवसीय अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने नेपालका तेस्रो खेलाडी बनेका छन् ।

    यस्तै सन्दीपले २ तथा सोमपालले १ विकेट लिए । हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा छ । ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा छ । अब नेपालले अमेरिकाविरुद्ध शनिबार खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # नेपाल ओमानसँग पराजित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology