Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल-भारतमैत्री बसको ठक्करले साेही बसका सहचालकको मृत्यु

नेपाल-भारतमैत्री बसको ठक्करले साेही बसका सहचालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • १०:१९:०० बजे
  • 1.1K
    SHARES
  • नेपाल-भारतमैत्री बसको ठक्करले साेही बसका सहचालकको मृत्यु

    पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ ।

    images

    आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल-भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो ।

    दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # बसका सहचालकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology