Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोरखामा बाढी–पहिरोले घरसहित हजारौँ रोपनी खेत बगायो

गोरखामा बाढी–पहिरोले घरसहित हजारौँ रोपनी खेत बगायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • १०:३४:०१ बजे
  • 1.1K
    SHARES
  • गोरखामा बाढी–पहिरोले घरसहित हजारौँ रोपनी खेत बगायो

    बिहिबार रातिको बर्षापछि आएको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । पालुङटार–६ का केशरबहादुर थापाको घर पहिरोले बगाएको छ ।

    images

    ९ नं वडामा मोटरेबल पुल र खेत बगाएको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए । आठ घर पहिरोले क्षतिग्रस्त छन् । सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति राना लगायतको घरमा पहिरोले क्षति पुगेको प्रहरीको भनाइ छ ।

    त्यस्तै छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिरोले ४ घर उच्च जोखिममा रहेको ६ नं वडाका वडाअध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए ।

    जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको छ । त्यस्तै पालुङ्टार–९ जोगीबेशीको राममाया कुँबरको घर स्थानीय खहरेखोलाले क्षतिग्रस्त बनाएको छ । स्थानीय चुतीखोलाको बाढीले सेराबजार जोखिममा पारेको छ ।

    बाढीले जोगीबेशीदेखि विर्दीसम्म करिब ३५ सय रोपनी खेत बगाएको छ । पाक्न लागेको बर्खेधान र रोपाइँको तयारी भइरहेको फाँट बाढीले बगाएपछि किसान चिन्तित छन् ।

    सेरा सडकस्थित बिर्दीपुल चुती खोलाको बाढीले बगाएको छ । पहिरोले बारकिलो बारपाक सडक पनि अवरुद्ध भएको छ । सिरानचोक गाउँपालिकाको बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अबरुद्ध भएको प्रहरी कार्यालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology