Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढी र पहिरोबाट बागलुङमा कराेडाैँकाे क्षति

बाढी र पहिरोबाट बागलुङमा कराेडाैँकाे क्षति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • १३:३८:१७ बजे
  • 895
    SHARES
  • बाढी र पहिरोबाट बागलुङमा कराेडाैँकाे क्षति

    यस वर्षको मनसुन सुरु नहुँदै परेको वर्षाका कारण बागलुङमा करोडौँको क्षति भएको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन फैलिने क्रममा छ । तर गत मङ्गबारदेखि बागलुङका विभिन्न ठाउँमा भइरहेको भीषण वर्षाका कारण दजनौँ घरपरिवार विस्थापित भएका छन् भने करोडौँ खर्चेर बनेका संरचना क्षत्विक्षत भएका छन् ।

    जिल्लाको वर्षापछिको बाढी र पहिराका कारण जिल्लाको गलकोट नगरपालिकामा ३५ घरपरिवार पहिराको जोखिममा परेका छन् भने जैमिनी नगरपालिका–९ र १० मा १९ परिवार पहिरोको जोखिममा परेका छन् । बुधबार साँझदेखि बिहीबार बिहानसम्म निरन्तर परेको वर्षाका कारण गलकोट र जैमिनी नगरका विभिन्न क्षेत्रमा रहेका खहरे खोला बढ्दा बाढीसँगै पहिरो चल्न थालेपछि बस्ती जोखिममा परेका हुन् ।

    वर्षा सुरु भएसँगै जिल्लाभर त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा सडक क्षत्विक्षत बनाउनुका साथै कैयौँ सडक अवरुद्ध भएका थिए । यस वर्ष पनि जेठको अन्तिम साता परेको वर्षाले गतसाल जस्तै क्षति गर्ने त्रास रहेको जैमिनी–१० का शिव श्रीस मगरले बताउनुभयो ।

    “सडक बनाउँदा गाउँ जोखिममा परेको छ, बस्तीभन्दा तलमाथि दुवैतर्फ सडक छ”, उहाँले भन्नुभयो, “वर्षा हुँदा बाढी सबै गाउँमा पस्छ, बसिनसक्नुभएको छ गाउँ ।” जैमिनी–१० राङ्खानीको सिप्रिङ र तोरीबारी गाउँका १७ घर परिवार स्थानान्त्रण गर्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।

    “तत्कालका लागि तीन घर विस्थापित नै भए, अरु पनि बस्ती सार्नुपर्ने पहिलैदेखि आवाज उठेको हो”,उहाँले भन्नुभयोे, “बलवीर नेपाली, लालबहादुर नेपाली र मनबहादुर नेपालीको परिवार विस्थापित भएका छन् ।” वडा नं ९ पैँयुथन्थापमा पनि बाढी र पहिराका कारण दुई घर जोखिममा रहेका छन् ।

    चालू आर्थिक वर्षमा करोडौँ खर्नेर स्तरोन्नति गरिएका गलकोट र जैमिनी नगरपालिकाका सडक पनि सवारी नै नचल्ने गरी बाढीले खोलेको छ ।

    कालोपत्र भएका सडकमा समेत बाढीले ठूलो क्षति पु¥याएको नगरपालिकाको अनुमान छ । सडक निर्माणका क्रममा उचित भल व्यवस्थापन हुन नसक्दा बाढी र पहिराको क्षति व्यहोर्नुपरेको जैमिनी नगरपालिका–१ का टीकाराम शर्माले बताउनुभयो । गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पु¥याएको छ ।

    वडा नं १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीन वटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिनुभयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology