Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बेलायतसँग आगामी साता श्रम सम्झौता, दुई हजार नर्स पठाउने तयारी

बेलायतसँग आगामी साता श्रम सम्झौता, दुई हजार नर्स पठाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • १७:०६:२३ बजे
  • 1.3K
    SHARES
  • बेलायतसँग आगामी साता श्रम सम्झौता, दुई हजार नर्स पठाउने तयारी

    नेपाल र बेलायतबीच सातादिन भित्र श्रम समझदारी हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने भएको छ ।

    images

    श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुबै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरिसकेको मन्त्रालयले जनाएको छ ।

    शुक्रबार श्रममन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेका छन् ।

    छलफल नेपाल–बेलायतबीच सन् १८१६ मा कुटनीतिक सम्बन्ध स्थापित भएदेखिका आपसी हितबारे भएको बताइएको छ । बेलायतमा रोजगारीका लागि सुरूमा दुई हजार नर्स पठाउन तयार रहेको मन्त्री श्रेष्ठले बताए ।

    त्यसका लागि वैदेशिक रोजगार विभाग, नर्सिङ कलेजहरु र बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology