Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

जेल पठाइएका प्रेमीलाई छाड्न उच्च अदालत पाेखराकाे फैसला

जेल पठाइएका प्रेमीलाई छाड्न उच्च अदालत पाेखराकाे फैसला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • १८:५८:४९ बजे
  • 823
    SHARES
  • जेल पठाइएका प्रेमीलाई छाड्न उच्च अदालत पाेखराकाे फैसला

    उमेर नपुगी प्रेम विवाह गरि बच्चासमेत जन्माइसकेका प्रेमजाेडीलाई जबरजस्ती करणी करार गरि छुटाइदिने कास्की जिल्ला अदालतकाे फैसला बदर भएकाे छ ।

    images

    उच्च अदालत पाेखराले शुक्रबार जिल्ला अदालतकाे फैसला केही उल्टी गर्दै बालविवाहमा परिणत गरिदिएकाे हाे । उच्च अदालत पाेखराले जबरजस्ती करणीमा मागदाबी नपुग्ने भन्दै बालविवाह मात्रै ठहर गरेकाे हाे ।

    कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीकाे इजलासले बाल विवाह मात्रै ठहर हुने फैसला सुनाएका हुन् ।

    बालविवाहकाे कसुरमा बाल सुधारगृहमा रहेका किशाेरलाई १ वर्ष कैद र १० हजार जरिवानाकाे फैसला गरिएकाे छ । यस फैसलासँगै किशाेर थुनामुक्त हुने भएका छन् । किशाेर करिब २ वर्षदेखि थुनामा थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology