Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

आँबुखैरेनी-मुग्लिनखण्डमा ठूला सवारी नचल्ने

आँबुखैरेनी-मुग्लिनखण्डमा ठूला सवारी नचल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७९ शनिवार • १०:०५:०९ बजे
  • 898
    SHARES
  • आँबुखैरेनी-मुग्लिनखण्डमा ठूला सवारी नचल्ने

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् ।

    images

    आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक भासिएको सडक बनाउन समय लाग्ने भएकाले केही दिन ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो । साना सवारी साधनलाई भने एकतर्फी सञ्चालन गरिएको डीएसपी युवराज खड्काले जानकारी दिए ।

    भासिएको ठाउँमा सडक डिभिजनले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ ।

    पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

    वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

    गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

    पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology