Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विद्युत प्रशारण लाइनको तारमा दिनभर हिँडिरहेका माइला विकको ६ घण्टापछि उद्धार

विद्युत प्रशारण लाइनको तारमा दिनभर हिँडिरहेका माइला विकको ६ घण्टापछि उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७९ शनिवार • २०:१४:१२ बजे
  • 1.1K
    SHARES
  • विद्युत प्रशारण लाइनको तारमा दिनभर हिँडिरहेका माइला विकको ६ घण्टापछि उद्धार

    नुवाकोटस्थित विद्युत प्रशारण लाइनको तारमा दिनभर हिँडिरहेका युवकलाई नेपाली सेनाले उद्दार गरेको छ ।

    images

    अनेक प्रयास गर्दा पनि तारबाट तल झर्न नमानेपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

    नुवाकोटको ककनी वडा नं ७ मा रहेको ६० मेगावाटको हाइटेन्सन लाइनमा बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक चढेर ओर्लिन मानिरहेका थिएनन् ।

    विक शनिबार बिहान ९ बजेदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका थिए । उनलाई बेलुका ५ बजेतिर उद्दार गरि तारबाट तल झारिएको हो ।

    विक तारमा झण्डै ६ घण्टा हिँड्दा नेपाल विद्युत प्राधिकरणले पाँच घण्टा विद्युत उत्पादन बन्द गर्नुपरेको थियो । जसका कारण प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology