Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ललितपुरमा आजराति १० बजेबाट कर्फ्यु हट्ने

ललितपुरमा आजराति १० बजेबाट कर्फ्यु हट्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७७ शुक्रवार • २०:५२:५२ बजे
  • 1.4K
    SHARES
  • ललितपुरमा आजराति १० बजेबाट कर्फ्यु हट्ने

    ललितपुरमा  स्थानीय र प्रहरीबीच झडप भएपछि लगाइएको कर्फ्यु आज राति १० बजेबाट हट्ने भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समिति बैठकले राति १० बजेबाट कर्फ्यु खोल्ने निर्णय गरेको हो ।

    images

    परम्परागत रुपमा चल्दै आएको जात्र संचालन गर्नुपर्ने माग गर्दै आएका स्थानीय र प्रहरीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ बजेदेखि कर्फ्यु लगाएको थियो । पूर्णरुपमा जिल्लामा कर्फ्यु हटेपनि रातो मत्स्येन्द्रनाथको रथ भएको ठाउँ वरपरको क्षेत्रलाई भने निषेधित क्षेत्र तोकिएको छ । यो क्षेत्रमा २६ गतेसम्म हिडडुल तथा कुनैपनि गतिविधि गर्न रोक लगाउने निर्णय भएको छ ।

    त्यसक्षेत्रमा भोलि देखि लागू हुनेगरी बिहान ५ बजेदेखि राति १० बजेसम्म निषेत्राज्ञा लागू हुने भएको हो , बिहीबारको झडपमा एक ट्राफिक प्रहरी गम्भीर घाइते भएका छन् । 

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology