Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न माग

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७९ आइतवार • १७:५८:१४ बजे
  • 1.2K
    SHARES
  • स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न माग

     प्रतिनिधिसभाका सांसदहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । आर्थिक वर्ष २०७९-८० को बजेटको विभिन्न शीर्षकमाथि मन्त्रालयअन्तर्गतको छलफलका क्रममा दलीय आधारमा सांसद डा. भीम रावलले भारतसँग जोडिएका सिमानाका बारेमा सरकारको जवाफ माग गरे ।

    images

    उनले नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने र संविधानविपरीत कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिए ।

    सांसद खगराज अधिकारीले सहरी विकासमन्त्रीले कास्कीको पोखरामा सबै बजेट कटौटी गरेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा बजेटको कमी भएको तथा जनताको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।

     

    उनले भने– ‘स्वास्थ्य बीमाका लागि दीर्घ रोगका लागि आवश्यकभन्दा बजेट विनियोजन गरिएको छ, सामाजिक स्वास्थ्य बीमालाई सरकारले जोड दिनुपर्छ ।’ पोखरामा रहेको मणिपाल मेडिकल कलेज निजीकरण गर्न नहुने उनकोे भनाइ छ ।

    सांसद शक्तिबहादुर बस्नेतले परराष्ट्र नीति र सुरक्षा नीतिका बारेमा सरकारको प्रष्ट धारणा हुनुपर्ने माग गरे । उनले जोखिमपूर्व सदरमुकामका बारेमा बजेटले ध्यान दिन नसकेको बताए ।

    सांसद रेणुका गुरुङले फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्दै भूमिहीन तराईका डोम समुदायलाई जग्गा तथा आवासको व्यवस्था गर्नुपर्नेमा उनको जोड थियो ।

    सांसद अनिलकुमार झाले सुरक्षित नागरिक आवास कार्यक्रमको आवश्यकता औँल्याउँदै जनता आवास कार्यक्रमअन्तर्गत दलित समुदायलाई भनिए पनि उनीहरुले पाउन नसकेको बताए ।

    स्वास्थ्य बीमा ऐनका आधारमा स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । सांसद कृष्णप्रसाद दाहालले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति अनुगमनको आवश्यकता औँल्याए ।

    सांसद सत्यनारायण शर्मा खनाल, सत्या पहाडी, लक्ष्मी परियार, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, लीलादेवी सिटौलालगायतले विनियोजन शीर्षकमाथि धारणा राखेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology