Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मिटरब्याजी’ रामदेव साहका छोरी पक्राउ

मिटरब्याजी’ रामदेव साहका छोरी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७९ सोमवार • १८:२३:४९ बजे
  • 1.3K
    SHARES
  • मिटरब्याजी’ रामदेव साहका छोरी पक्राउ

    सर्वसाधरणलाई ‘मिटरब्याज’ मा रकम दिई घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीका छोरी अनुराधा साह तेली पक्राउ परेका छन् । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा) ले आज पक्राउ गरेको हो ।

    images

    सप्तरी प्रहरीको अनुरोधमा प्रतिवादी अनुराधाकुमारी साहलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको महाशाखाका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

    साविकको खरहनी गाविस(५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको थियो । त्यस लगत्तै जेठ २९ गते साहलाई इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको छ ।

    बुवा रामदेव साह तेलीसँग मिलेर अनुराधाले मिटरब्याजमा पैसा दिने र त्यसबापत कैयौं गुणा बढी रकम असुल्ने गरेको प्रहरीमा उजुरी परेको छ ।

    अनुराधाले बुवा रामदेवसँग मिलेर ठगी र आपराधिक विश्वासघात गरेको भन्दै अनुसन्धान प्रयोजनका लागि पक्राउ गरिएको हो ।

    केही दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव लाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिएका थिए ।

    सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको गुनासोपछि प्रधानमन्त्रीले कारवाही गर्न निर्देशन दिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology