Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७९ मंगलवार • १७:०५:५९ बजे
  • 1.0K
    SHARES
  • पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    पोर्चुगल पठाई दिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    काठमाडौँको बालुवाटार घर भई हाल टोखा बस्ने ३५ वर्षीय श्रेष्ठमाथि पोर्चुगल पठाएर काम लगाइदिन्छु भन्दै ८ जनाबाट साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

    तनहुँको बन्दिपुर गाउँपालिका घर भई हाल काठमाडौँ म्हेपी बस्ने सुकमाया गुरुङले श्रेष्ठ विरुद्ध ठगीको उजुरी दिएकी दिइन् । श्रेष्ठले आफू नेपाल अनाथ आश्रम असहाय समाज नामक संस्थाको केन्द्रीय अध्यक्ष रहेको र पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले ‘तपाईं लगायत तपाई‌ंको आफन्तहरू जाने भए म पोर्चुगल पठाइदिन्छु, पोर्चुगल पुगेपछि काम लगाई दिन्छु,’ भन्दै प्रलोभनमा पारेर ठगी गरेको गुरुङको उजुरीमा उल्लेख छ ।

    श्रेष्ठले भिसा प्रोसेसिङ र हवाई टिकटको लागि गुरुङसमेत ८ जनाबाट तेत्तिस लाख पचास हजार रकम लिएका थिए । गुरुङको जाहेरीपछि प्रहरी अनुसन्धानबाट जाहेरवाला लगायतका व्यक्तिहरूको नाममा जारी गरिएको भनिएको हवाई टिकट तथा भिसाहरू नक्कली भएको पत्ता लागेको थियो ।

    प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यका अनुसार श्रेष्ठलाई प्रहरी टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology