जंगलबाट ल्याएको च्याउ खाँदा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारीमा मंगलबार राति २ जनाको मृत्यु भएको छ ।
अन्य २ जना गम्भीर छन् । उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ ।
सँगै खाना खाएका ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछानेको मृत्यु भएको हो । मृतक र घाइते सबै एकै घरका हुन् ।
ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।