Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १, २०७९ बुधवार • १२:५२:४९ बजे
  • 1.1K
    SHARES
  • छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु

    काठमाडौंको टोखा -६ धापासीमा प्रदेश १–०२१ च २९५६ नम्बरको कार र प्रदेश २–०३५ प ०५२० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा मंगलबार दिउँसो स्कुटरमा सवार सोही नगरपालिका–६ धापासी बस्ने १९ वर्षीया प्रबिना नेपालको भतिज नाता पर्ने ५ वर्षीय प्रियन्स उप्रेतीको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन, कालिका नगरपालिका–५ सिमाचोकस्थित सडकमा ना.३९ प २९७१ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९ बस्ने ५० वर्षीय बलबहादुर तामाङको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, सर्लाही, मलगंवा नगरपालिका–६ लखनदेई खोलास्थित सडकमा ज.१ त ३८२४ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक चन्द्रनगर गाउँपालिका–५ मोहनपुर बस्ने ३२ वर्षीय रविन्द्र साह सोनारको घटनास्थलमै मृत्यु भएको छ ।

    यता, धादिङ, निलकण्ठ नगरपालिका–३ ईजारास्थित भित्री सडकमा धादिङबेसीबाट जुरेथुमतर्फ जाँदै गरेको बा.१८ च २८२० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार निलकण्ठ नगरपालिका–२ जुरेथुम बस्ने ३२ वर्षीय प्रेम गुरुङको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यस्तै, मोरङ, बेलवारी नगरपालिका–४ बेतनामा ना.६ ख ५५४४ नम्बरको ट्रकले को.२० प ७६ ४५ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटर चालक बेलवारी नगरपालिका–५ बस्ने २६ वर्षीय बिक्रम राईको मृत्यु भएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology