Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल प्रहरीलाई ऐतिहासिक सफलताः एक अर्बको लागुऔषधसहित सात विदेशी पक्राउ

नेपाल प्रहरीलाई ऐतिहासिक सफलताः एक अर्बको लागुऔषधसहित सात विदेशी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७९ बिहिवार • १५:०९:४९ बजे
  • 736
    SHARES
  • नेपाल प्रहरीलाई ऐतिहासिक सफलताः एक अर्बको लागुऔषधसहित सात विदेशी पक्राउ

    लागुऔषधसम्बन्धि अपराधको अनुसन्धानमा नेपाल प्रहरीले ऐतिहासिक सफलता पाएको छ ।

    images

    प्रहरीले एक अर्ब रुपैयाँ भन्दा धेरैको सेतो हेरोइनसहित सात जना विदेशीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले दुबई हुँदै नेपाल आएका सात जना दक्षिण अफ्रिकी महिलालाई पक्राउ गरेको हो ।

    उनीहरु पाँच वटा समूहमा आएका थिए । एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ । ब्यूरोले बिहीबार पत्रकार सम्मलेन गरी यो ठूलो सफलताको सार्वजनिक गर्दैछ ।

    अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएर हेरोइन तस्करी गरेको हो । सो गिरोहबाट ५१ किलो सेतो हेरोइन बरामद भएको प्रहरी स्रोत बताउँछ । एक केजी हेरोइनको मूल्य दुई करोड पर्ने गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology