Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोले बगाएर खेवाङमा २ जनाको मृत्यु, ३० परिवार विस्थापित

पहिरोले बगाएर खेवाङमा २ जनाको मृत्यु, ३० परिवार विस्थापित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७९ शुक्रवार • १०:०२:१७ बजे
  • 877
    SHARES
  • पहिरोले बगाएर खेवाङमा २ जनाको मृत्यु, ३० परिवार विस्थापित

    ताप्लेजुङको सिरिजङगा गाउँपालिका–७ खेवाङमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।

    images

    पहिरोले बगाएर तुलसा अधिकारी र यसोदा अधिकारीको शव घर रहेको स्थानभन्दा केही तल भेटिएको वडाध्यक्ष बुद्ध दाहालले जानकारी दिए ।

    ‘घटनास्थलमा पहिरो बग्ने क्रम रोकिएको छैन । त्यसैले दुवैको शव निकालेका छौं,’ उनले टेलिफोनमा भने, ‘मृतक सासु बुहारी हुन् ।’ घरमा ३ जना बस्ने गरेकामा तुलसाका छोरा बिष्णु अधिकारी भने भागेर बाँच सफल भएको दाहालले बताए ।

    उनी भाग्ने क्रममा घाइते भएको र उनको अवस्था गम्भीर रहेको स्थानीय ज्ञानेन्द्र पुर्कुटीले बताए । उनको उद्धारका लागि हेलिकप्टर मगाइएको वडाध्यक्ष दाहालले बताए ।

    दाहालका अनुसार खेवाङका सबै वडामा पहिरो गएको छ । ‘हालसम्म ३० घर विस्थापित भइसकेका छन्,’ उनले भने, ‘सबै क्षेत्रमा सम्पर्क हुन सकेको छैन ।

    क्षतिको विवरण आउन समय लाग्छ ।’ ताप्लेजुङका बिभिन्न स्थानमा क्षति गरेको छ । सिरिजंघा–६ मामाङखे र फक्ताङलुङ गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको स्थानीयले बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology