Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युवती प्रयोग गरेर संगठित ‘हनी ट्रयाप’, ६ जना पक्राउ

युवती प्रयोग गरेर संगठित ‘हनी ट्रयाप’, ६ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७९ शुक्रवार • २०:५४:३९ बजे
  • 964
    SHARES
  • युवती प्रयोग गरेर संगठित ‘हनी ट्रयाप’, ६ जना पक्राउ

    ‘हनी ट्रयपमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वले दुई जना युवतीसहित ६ जनालाई बिहीबार पक्राउ गरेको हो ।

    images

    काठमाडौंका विभिन्न स्थानहरुमा अपराधिक गतिविधि गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक दिनेकुमार आचार्यले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक(९ भक्तपुरकी १९ वर्षीया निकिता केसी, ढुसेनी(३ काभ्रेपलान्चोकका १८ वर्षीया मनिया परियार रहेका छन् ।

    उनीहरुसँगै खोटाङका ३२ वर्षीय डिक ब। शर्मा, सुनसरीका ३० वर्षीय सन्जिब दर्जी, दोलखाका २५ वर्षीय निमा लामा र दोलखाकै ३० वर्षीय पासाङ लामा रहेका छन् ।

    उनीहरुले योजनाबद्ध तवरले केटीहरुको समूहलाई सामाजिक सञ्जालमार्फत् परिचालन गरेर फोनको आदान–प्रदान गरी सम्पर्क समन्वय गराई केही पुरुष व्यक्तिहरुलाई प्रत्यक्ष भेटघाट गरेर झुठा मुद्दा लगाएर फसाई दिने भन्दै पीडितलाई डर, धम्की देखाएर ब्लाकमेल गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    उनीहरुले पीडितसँग रकम असुलसमेत गरेको प्रवक्ता आचार्यले बताए । आचार्यका अनुसार उनीहरुले खाजा खाने बाहानामा रेस्टुरेन्टमा लगि भेटघाट गर्ने, पीडित व्यक्तिको निगरानी राखी उनीहरुको घर, ठेगना, कार्यालय र सवारीसाधनलगायत सम्पूर्ण विवरण डारीमा राख्ने गरेको खुलेको छ ।

    त्यस्तै भेटघाटपश्चात झुठा मुद्दा लगाएर फसाइदिने भन्दै पीडितलाई डर, त्रास देखाएर मोटो रकम असुल्ने गरेको र रकम दिन बाध्य पार्नलाई नक्कली पारिवारिक सदस्य, वकिल र पत्रकारसमेत खडा गर्नेगरेको अनुसन्धानमा खुलेक प्रहरीले जनाएको छ ।

    उनीहरुसँग रहेको बा५च ६८४६ नम्बरको कार, आइफोनलगायत विभिन्न कम्पनीका मोबाइल सेट र रकमसमेत बरामद भएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology