Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गण्डकीमा भारी वर्षाको सम्भावना

गण्डकीमा भारी वर्षाको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७९ शनिवार • ०९:३४:४९ बजे
  • 853
    SHARES
  • गण्डकीमा भारी वर्षाको सम्भावना

    स्थानीय वायुको प्रभावले देशभर वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायु तथा पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभावले वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ । दिउँसो पनि प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, शनिबार राति प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको ।

    प्रदेश १ र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । उक्त स्थानमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

    नदी नाला तथा खहरेमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्नेतर्फ महाशाखाले सचेत गराएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology