Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झापाका तत्कालीन नासु भण्डारीले कसरी कमाए ४ वर्षमा ६ करोड २४ लाख ?

झापाका तत्कालीन नासु भण्डारीले कसरी कमाए ४ वर्षमा ६ करोड २४ लाख ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७९ शनिवार • ०९:४२:३४ बजे
  • 1.1K
    SHARES
  • झापाका तत्कालीन नासु भण्डारीले कसरी कमाए ४ वर्षमा ६ करोड २४ लाख ?

    सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको पाइएको छ ।

    images

    यसरी ६ करोड बढी आर्जन गर्ने व्यक्ति हुन् स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक (नायब सुब्बा) स्तरका कर्मचारी भीमकान्त भण्डारी ।

    भण्डारीले कमाएको ६ करोड रुपैयाँको स्रोत खुलाउन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारको अनुसन्धानअनुसार भण्डारीले २१ असोज २०७३ सालदेखि २०७८ साल पुस मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ ।

    भण्डारीले विभिन्न उपायअपनाएर अकुत सम्पति आर्जन गरेका थिए । 

    वरिष्ठ व्यवस्थापन सहायक पदबाट भण्डारी २१ असोज २०७३ सालमा राजपत्र अंकित प्रथम श्रेणीअन्तर्गत सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउनमा स्वैच्छिक अवकाश लिएका थिए ।

    भण्डारी चार वर्ष मात्रै निजामती सेवामा रहँदा उनले ६ करोड बढी अकूत सम्पति आर्जन गर्न सफल भएका हुन् ।

    यो खबर आजको राजधानी दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology