Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसीसी टी–ट्वान्टी च्याम्पियनशिपः नेपाल र कुवेत भिड्दै

एसीसी टी–ट्वान्टी च्याम्पियनशिपः नेपाल र कुवेत भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७९ शनिवार • ०९:४५:१० बजे
  • 1.1K
    SHARES
  • एसीसी टी–ट्वान्टी च्याम्पियनशिपः नेपाल र कुवेत भिड्दै

    एसीसी महिला टी–ट्वान्टी च्याम्पियनशिपमा नेपाल र कुवेत भिड्दैछन् । खेल मलेसियाको किनरारा मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो ।

    images

    तालिकामा नेपालको २ अङ्क छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन भएको थियो । कुवेतसँग नेपालले यसअघि खेलेका दुई खेलमा जित निकालेको छ । च्याम्पियनशिपमा १० टोली सहभागी छन् ।

    टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । उक्त समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

    नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मङ्गलबार हङकङसँग खेल्नेछ । फाइनल पुग्ने टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल र कुवेत भिड्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology