Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक

दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७९ शनिवार • १५:१६:३६ बजे
  • 898
    SHARES
  • दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक

    दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

    images

    तुलसीपुर उपमहानगरपालिका-५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-९ दोघरेस्थित नयाँ बन्न लागेको एउटा घरमा युवतीमाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

    एसपी काफ्लेका अनुसार घटनामा संलग्न भएको आरोपमा तुलसीपुर-५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार छन् ।

    उनीहरूको खोजी कार्य भइरहेको उनले बताए । युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

    पीडित युवतीले घरमा गएर बताएपछि प्रहरीले शुक्रबारमात्र घटनाको बारेमा जानकारी पाएको थियो । पीडित युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

  • सम्बन्धित विषय:

  • # युवतीमाथि सामूहिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology