Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दिउँसो घाम लाग्ने, राति पानी पर्ने

दिउँसो घाम लाग्ने, राति पानी पर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७९ आइतवार • ०९:३०:०० बजे
  • 760
    SHARES
  • दिउँसो घाम लाग्ने, राति पानी पर्ने

    देशका धेरै ठाउँमा बिहानैदेखि घाम लागेको छ । रतभर परेकाे पानी बिहान भएसँगै रोकिएको हो ।

    images

    केही दिनदेखि रातमा पानी पर्ने र दिउँसो घाम लाग्ने भइरहेको छ ।

    अबको केही दिन रातभर पानी पर्ने र बिहान, दिउँसो चर्काे घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि बिहान र दिउँसोको समयमा घाम लाग्ने र राति पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

    केही दिनदेखि पानी परेको र राति पनि पर्ने भएकाले पहिरोको जोखिम रहेका ठाउँमा नबस्न र बस्नै परे चनाखो हुन मौसमविद्को सुझाव छ । आज मधेस,प्रदेश–१, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिममा पनि पानी पर्ने अनुमान गरिएको छ ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा मनसुन सक्रिय छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology