Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्मार्ट लाइसेन्समा ढिलासुस्ती

स्मार्ट लाइसेन्समा ढिलासुस्ती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७९ आइतवार • १०:००:२४ बजे
  • 859
    SHARES
  • स्मार्ट लाइसेन्समा ढिलासुस्ती

    ललितपुरको बुङमतीका सुनिल बाडाले नवीकरणको चिट बोकेको नौ महिना कटिसक्यो तर अझै उनको हातमा ‘स्मार्ट लाइसेन्स’ परेको छैन। तारन्तार यातायात कार्यालय धाउँदा पनि काम फत्ते नहुँदा निरास उनी चिट थमाएर सेवाग्राही झुलाउनुलाई ठगीधन्दा भन्नसमेत पछि परेनन्।

    images

    ‘यो चिट होइन, सेवाग्राहीसँग गरिएको चिटिङ हो,’ बुधबार स्मार्ट लाइसेन्स लिन एकान्तकुना पुगेकाहरूको भिडमा भेटिएका बाडाले भने, ‘यहाँ आउँदा प्रत्येकपटक हाम्रो समय, पैसा लुटिएको महसुस हुन्छ।’

    स्मार्ट लाइसेन्स दिने कार्यालयको ढिलासुस्तीका कारण लामो समय लाइनमा बसेर अन्य दिनजस्तै उनी बुधबार रित्तै घर फर्कन बाध्य भए।

    ‘समस्या आज पनि काम भएन भन्ने होइन,’ उनले भने, ‘समस्या त यो हो, काम कहिले हुन्छ भन्ने अत्तोपत्तो नै छैन।’ उनले भनेजस्तै यातायात कार्यालयको अव्यवस्थाका कारण दसौं हजार सेवाग्राहीले दुःख पाइरहेका छन्।

    स्मार्ट लाइसेन्सको आशामा बसेका उनीहरूको कागजी चिट पनि पानी र पसिनाले खुइलिसक्यो। ‘यो अक्षर मेटियो भने पनि जरिवाना तिर्नुपर्छ रे,’ यातायात कार्यालयमा भेटिएका अर्का सेवाग्राही शोभा चन्दले भनिन्, ‘यहाँ आउँदाआउँदा दिक्क लागिसक्यो।’

    एक वर्षअगाडि पैसा बुझाएकी उनले पटकपटक आउँदा हैरानी मात्र खेपेको सुनाइन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology