Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढीले पोखराका २ वडा जोड्ने मोटरेवल पुलमा क्षति

बाढीले पोखराका २ वडा जोड्ने मोटरेवल पुलमा क्षति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७९ आइतवार • १४:१०:४२ बजे
  • 916
    SHARES
  • बाढीले पोखराका २ वडा जोड्ने मोटरेवल पुलमा क्षति

                                                                   फाइल फोटो ।

    images

    कास्की । सेती नदीमा आएको बाढीले पोखराका २ वडा जोड्ने मोटरेवल पुलमा क्षति भएको छ ।

    पोखरा–२५ हेमजा र वडा–१९ पुरुनचौर जोड्ने गरी मर्दीदोभानभन्दा तल सेती नदीमाथि बनाइएको ट्रष्ट पुलमा बाढीले क्षति पुर्याएपछि यातायात बन्द भएको छ ।

    जसका कारण जिल्लाको माथिल्लो भेगका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । पुलको जगभन्दा तलबाटै नदीले कटान गरेपछि पिल्लर कोल्टिएर ट्रष्ट पुल पूर्णरुपमा क्षति भएको डिभिजन सडक कार्यालय पोखराले जनाएको छ ।

    पुलबाट अब मानिस हिँडडुल गर्नसमेत जोखिम भएको स्थानीयले बताएका छन् । ५ वर्षअघि निर्माण गरेको सो पुल ७२ मिटर लामो र ७ मिटर फराकिलो छ । पुलको पुरुनचौरपट्टी पिल्लरसँगैको एप्रोज नदीले बगाएको छ ।

    सेती नदीको बाढीका कारण माछापुच्छ्रे गाउँपालिका–२ का केही गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ ।

    सार्दिखोलाबाट चिप्लेटी हुँदै भरावरी र काभ्रे जाने सडक बाढीका कारण कटान भएपछि यातायात अवरुद्ध भएको स्थानीय शिक्षक सन्तोष आचार्यले बताए ।

  • सम्बन्धित विषय:

  • # मोटरेवल पुलमा क्षति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology