एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल मलेसियाको किनरारा ओभलमा खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।
लगातार २ खेल जितेको नेपाल समूह ‘बी’ मा ४ अंकसहित शीर्ष स्थानमा छ । यसअघि नेपालले भुटान र कुवेतलाई हराएको थियो । आज बहराइनविरुद्ध जित निकाले नेपाल १ खेल अघिनै सेमिफाइनल पुग्नेछ ।
प्रतियोगितामा नेपाललाई उपाधि दाबेदारका रुपमा हेरिएको छ ।