Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भिरबाट लडेर किशोरीको मृत्यु

भिरबाट लडेर किशोरीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७९ सोमवार • ०९:४७:१८ बजे
  • 1.2K
    SHARES
  • भिरबाट लडेर किशोरीको मृत्यु

    जिल्लाको त्रिवेणी गाउँपालिका–१ रुँघामा भिरबाट लडेर किशोरीको मृत्यु भएको छ ।

    images

    १७ अस्मिता चन्द घरको फोहोर फाल्ने क्रममा नजिकैको भिरबाट चिप्लेर लडेको परिवारले बताएका छन् ।

    उनी त्रिभुवन जनता माध्यमिक विद्यालय मुसिकोटमा कक्षा ११ अध्ययनरत थिइन् ।

    श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार


    चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ। यो सङ्ख्या आर्थिक वर्ष २०७४\०७५ पछिको सबैभन्दा बढी हो।

    यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा भने तेब्बर बढी हो । गत वर्षको ११ महिनामा १ लाख ४६ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रम स्वीकृति लिएका थिए ।

    कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण कोरोना सङ्क्रमणका बीच समेत नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो ।

    गत वर्षको यही अवधिको तुलनामा चालू आवको चैतसम्म लगभग तेब्बर भन्दा बढीले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ।

    गत वर्षको चैतसम्म १ लाख ४६ हजार ४० रहेकोमा चालू आवमा ५ लाख ५५ हजार ५७३ युवाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका कम्प्युटर इन्जिनियर अर्जुन यादवले जानकारी दिए।

    आजको कारोबार दैनिकमा समाचार छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology