Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

सरकारले रोक्यो ‘नक्कली राजकुमार’को सबै कार्यक्रम

सरकारले रोक्यो ‘नक्कली राजकुमार’को सबै कार्यक्रम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७९ सोमवार • ०९:५४:१६ बजे
  • 400
    SHARES
  • सरकारले रोक्यो ‘नक्कली राजकुमार’को सबै कार्यक्रम

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल आएका दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रममा सरकारले रोक लगाएको छ ।

    images

    सरकारी संयन्त्रलाई जानकारी नदिइ औपचारिक कार्यक्रममा सहभागी भएको र हुन लागेको भन्दै गृह मन्त्रालयले माक्तुमका लागि तय गरिएका सबै कार्यक्रमहरुमा रोक लगाएको हो ।

    सुरक्षा संवेदनशीलताको दृष्टिमा विदेशबाट उच्च तहको पाहुना आउँदा सरकारसँग स्वीकृति लिनुपर्ने तर अनुमति नलिइ माक्तुमको कार्यक्रमहरुमा तय गरिएको भन्दै सरकारले रोक लगाएको हो ।

    माक्तुम तीन दिने नेपाल भ्रमणबारे परराष्ट्र मन्त्रालयलाले हालसम्म कुनै जानकारी पाएको छैन । यस्ता भ्रमणमा परराष्ट्र मन्त्रालयलाई जानकारी दिनुपर्ने व्यवस्था रहेको छ ।

    माक्तुम तीन दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएका हुन् । सरकारलाई जानकारी नगराइ तय गरिएको भ्रमणमा आएका माुक्तुम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेर सिधै झापा पुगेका छन् ।

    माक्तुमले विमानस्थलमा उत्रिएलगत्तै व्यवसायी प्रसाईंलाई सुनको जस्तो देखिने लौरो उपहार दिएसँगै एकाएक माक्तुम नेपाल आएको चर्चा चलेको थियो ।

    सँगै उनलाई दुबईका राजकुमारको रुपममा चर्चा गरिएको थियो । तर, उनी राजकुमार नरहेर दुबईका राजपरिवार सदस्यमात्र रहेको बुझिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology