Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मनोज पाण्डे जेल चलान

मनोज पाण्डे जेल चलान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ६, २०७९ सोमवार • १९:१२:४९ बजे
  • 1.1K
    SHARES
  • मनोज पाण्डे जेल चलान

    सौन्यर्य प्रतियोगताको आडमा यौन शोषण गरेको आरोप लागेका मनोज पाण्डेलाई जेल चलान भएका छन् ।

    images

    काठमाडौं जिल्ला अदालतले पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

    उनलाई डिल्लीबजार कारागार पठाइएको उनले बताए । गत ४ जेठमा घटनाका पीडितले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वज्निक गर्दै आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको खुलासा गरेका थिए ।

    सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताका सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो ।

    पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

    हदम्यादका कारण जबरजस्ती करणीको कसूरमा अनुसन्धान गर्न जटिलता सिर्जना भएपछि प्रहरीले मानवबेचिबखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

  • सम्बन्धित विषय:

  • # मनोज पाण्डे जेल चलान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology