Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काठमाडौं उपत्यकामा ७ हजारभन्दा धेरै कोरोना संक्रमित

काठमाडौं उपत्यकामा ७ हजारभन्दा धेरै कोरोना संक्रमित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७७ शनिवार • १६:१०:३० बजे
  • 1.1K
    SHARES
  • काठमाडौं उपत्यकामा ७ हजारभन्दा धेरै कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । आजसम्म उपत्यकाका विभिन्न ठाउँमा संक्रमितको संख्या ७ हजार ३८ पुगेको छ ।

    images
     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो १० दिनमा उपत्यकामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको जनाएको छ । भदौ ८ गते ३ हजार ४ सय ८६ संक्रमित रहेको उपत्यकामा आजसम्म ७ हजार ३८ जनामा संक्रमण फेला परेको छ ।

    काठमाडौं उपत्यकाका सबैभन्दा धेरै प्रभावित क्षेत्र काठमाडौं महानगरपालिकाका विभिन्न ७ वटा वडा भएका छन् ।

    महानगरपालिकाका स्वास्थ्य महाशाखाका सम्पर्क व्यक्ति ज्ञानबहादुर ओलीले सबैभन्दा धेरै वडा नं ३२ कोटेश्वर प्रभावित भएको जानकारी दिए । कोटेश्वरमा संक्रमितको संख्या २ सय नाघेको छ ।

    त्यस्तै वडा नं १६ बालाजुमा पनि संक्रमितको संख्या दुई सयभन्दा धेरै छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा झण्डै १ सय ८५, वडा नं १४ कलंकी र वडा नं १३ कालीमाटीमा झण्डै १ सय ३५ सङ्क्रमित पुष्टि भएका छन् ।

    काठमाडौं महानगरको वडा नं २८ मा पर्ने बागबजारमा १०३ सङ्क्रमित रहेका ओलीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology