Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रबि लामिछानेको स्वतन्त्र पार्टी ?

रबि लामिछानेको स्वतन्त्र पार्टी ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०७९ मंगलवार • २०:५२:४८ बजे
  • 1.1K
    SHARES
  • रबि लामिछानेको स्वतन्त्र पार्टी ?

    १.यस पार्टीमा विश्वास र भर मान्नुको कुनै अर्थ छैन।मात्र राजनीतिक असन्तुष्टि पोख्ने बाटो हो।

    images


    २.राजनीतिक नेतृत्व लिनको लागि सिद्धान्त र विचाबाट गाइडेट हुनुपर्छ ।यो स्वतन्त्र पार्टीमा कुनै विचारको प्रतिनिधित्व छैन।


    ३.कांग्रेस ठुला ठुला आन्दोलन पछि बि.पीको विचार मानेर आएको एक दक्षिणपन्थी  principal मान्ने पार्टी हो।नेकपा एमाले बामपंथी बिचार बोकेर आएको पुष्पलाल र मदन भण्डारीको वीचारमा गाइडेट पार्टी हो।नेकपा माओवादी केन्द्र माओवादी विचार बोकेर १० बर्षे युद्ध लडेर आएको पार्टी हो।यस्तै अन्य पार्टीहरू पनि विचारबाट गाइडेट छन्।


    ४.यो स्थानीय तहको चुनाव होईन।स्वतन्त्र पार्टीको २/४ सांसदहरू आउदैमा हुने वाला केही छैन।बढीमा रबि लामिछाने सांसद हुने छन्।रबिको कुरा कतै सुनाई हुने छैन।रबिलाई जिताएर हुने वाला केही छैन।वहाँ भन्दा त्याग तपस्या गरेका मान्छे नेपालमा धेरै छन्।सेलिब्रेटी हुँदैमा पार्टी जन्मिएर सफल हुन सक्दैन।रबिको विचार,सिद्धान्त ,theoey/ principal केही छैन।बालेन साहले मेयर जितेका हुन उनीलाई पनि विचार भन्दा बाहिर गएर सांसद जित्न गाह्राे हुन्छ।स्थानीय तहको चुनाव फरक हो किनकि यो प्रत्यक्ष कार्यकारी छ।प्रदेश र संघीय निर्वाचनमा स्वतन्त्र लाई जिताएर के हुने छ र ? स्वतन्त्र पार्टी पनि उहीँ साझा विवेकशील जस्तो नै हुने पक्का छ।


    ५.स्थानीय तहमा बालेन साहलाई भोट हाल्ने जनताले रबि या स्वतन्त्र लाई भोट हाल्दैनन।स्थानीय चुनाव र संघीय/प्रदेश चुनाव फरक हो।काठमाडौ का जनतालाई भेडा सम्झिनु कमजोरी हुन्छ ।काठमाडौ का जनताले बुझेका छन् अर्थ नहुने ठाउँमा भोट हाल्दैनन।केही भोट हाल्ने मान्छे होलान् जो राजनिती प्रति वाक्क छन् तिनीहरू को भोट जान सक्छ अर्को जो हल्ला को पछि लाग्ने छन् ती ब्यक्तिहरुको पनि भोट जान सक्छ।

    डिल्ली डाँगी 
    शिक्षक त्रिभुवन जनता उच्चमाध्यमिक बिधालय खलंगा रुकुम पक्षिम ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology