Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विद्यालयबाट फर्किंदै गरेका बालकलाई खोलाले बगायाे

विद्यालयबाट फर्किंदै गरेका बालकलाई खोलाले बगायाे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०७९ बुधवार • ०९:४९:३७ बजे
  • 775
    SHARES
  • विद्यालयबाट फर्किंदै गरेका बालकलाई खोलाले बगायाे

    डडेल्धुराको परशुराम नगरपालिका-११ मा बाढीले बगाउँदा एक पाँच वर्षीय बालकको ज्यान गएको छ ।

    images

    परशुराम-११ कटौजा निवासी केशव बोहराका पाँच वर्षीय छोरा निराजनलाई स्थानीय स्थानीय खोलाले बगाएको हो ।

    मंगलबार दिउँसो पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट घर जाने क्रममा बालकलाई पातलीस्थित ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए ।

    कक्षा १ का विद्यार्थी निराजनलाई सोही विद्यालयमा अध्ययनरत ठूला विद्यार्थीको सहयतामा खोला तर्ने क्रममा खोलाले बताएको हो । बालकको शव घटनास्थलबाट केही तल फेला परेको छ ।

    खोलाले बगाउँदा सोही ठाउँका १५ वर्षीय रेशम साउद र १४ वर्षीय गोपाल साउद घाइते भएका छन् ।

    रेशमले बालकलाई काँधमा बोकेर खोला तार्ने क्रममा उनीहरु दुबै बगेका प्रत्यक्षदर्शीहरुले बताएका छन्। रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # बालकलाई खोलाले बगायाे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology