Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक पुरुषकाे बेवारिसे शव फेला

एक पुरुषकाे बेवारिसे शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७९ बिहिवार • ०९:४२:३२ बजे
  • 826
    SHARES
  • एक पुरुषकाे बेवारिसे शव फेला

    वीरगञ्जमा बेवारिसे अवस्थामा एक व्यक्तिको शव फेला परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित माईधिया पोखरी नजिकै अन्दाजी ५४/५५ वर्ष उमेरका व्यक्तिको शव फेला परेको हो ।

    images

    बुधबार साँझ ५ बजे स्थानीय बासीले एक व्यक्तिको शव फेला परेको जानकारी दिए पश्चात वडा प्रहरी कार्यालय श्रीपुरको टोली घटनास्थल पुगेको थियो ।

    घटनास्थलमा शव बरामद भएको र पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology