Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन ज्वारचन नियुक्त

वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन ज्वारचन नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०७९ बिहिवार • २०:१७:३० बजे
  • 484
    SHARES
  • वायुसेवा निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन ज्वारचन नियुक्त

    नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी निगमका वरिष्ठ क्याप्टेन दीपु राज ज्वारचनलाई दिइएको छ ।

    images

    सरकारले युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष र डिमप्रकाश पौडेललाई महाप्रबन्धनबाट बर्खास्त गरेसँगै नेतृत्वविहीन बनेको निगममा ज्वारचन महाप्रबन्धक नियुक्त भएका हुन् ।

    भ्रष्टाचार गरेको आरोप लागेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषदले कार्यकारी प्रमुखबाट बर्खास्त गरेको थियो । त्यसैगरी निगमलाई निजी क्षेत्रलाई बेच्ने निर्णय गरेका पौडेललाई २३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो ।

    यसअघि निगमको अप्रेसन निर्देशक रहेका ज्वारचनले बरिष्ठ क्याप्टेनको हैसियतमा न्यूनतम उडान गर्नेगरी जिम्मेवारी पाएका हुन् ।

    पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले उनले निगमको अस्तव्यस्त अवस्थामा सुधार ल्याउने अपेक्षा कर्मचारीले गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology