Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यूएईसँग भिड्दै नेपाल, जिते एसिया कप खेल्ने

यूएईसँग भिड्दै नेपाल, जिते एसिया कप खेल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७९ शुक्रवार • ०९:५७:४८ बजे
  • 1.1K
    SHARES
  • यूएईसँग भिड्दै नेपाल, जिते एसिया कप खेल्ने

    एसिसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले यूएईसँग खेल्दैछ ।

    images

    खेल मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा शुक्रबार बिहान साढे १० बजे सुरु हुनेछ ।

    यो खेल जित्ने टोली फाइनल मात्र पुग्दैन । एसिय कपमा पनि छनोट हुन्छ । त्यसैले दुवै टोलीलाई जित निकाल्नैपर्ने दबाब छ । समूह ‘बी’ मा रहेको नेपालले चार खेलबाट ६ अंक जोडेको छ ।

    यता, यूएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा यूएई लयमा देखिएको छ । समूह ‘ए’ मा यूएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।

    दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।

  • सम्बन्धित विषय:

  • # यूएईसँग भिड्दै नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology