Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो,काठमाडौंमा बिहानैदेखि वर्षा

नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो,काठमाडौंमा बिहानैदेखि वर्षा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७९ शुक्रवार • १०:०२:१० बजे
  • 610
    SHARES
  • नारायणगढ-मुग्लिन सडक एकतर्फी खुल्यो,काठमाडौंमा बिहानैदेखि वर्षा

    वर्षासँगै पहिरो खसेको नारायणगढ-मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ ।

    images

    बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् ।

    वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन शुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।

    यी प्रदेशमा भारी वर्षाको सम्भावना

     नेपालमा पनि विस्तारै मनसुन सक्रिय बन्दै गएको छ । काठमाडौंमा आज (शुक्रबार) बिहानैदेखि पानी परिरहेको छ । दिउँसो केही समय वर्षा रोकिने पनि अपरान्ह फेरि बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    काठमाडौंका हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिएका छन् । प्रदेश-१ का केही स्थानमा आज (शुक्रबार) पनि भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशमा पनि केही भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भट्टराईले जानकारी दिए ।

    उनका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ । आजबाट उक्त प्रदेशमा पनि मनसुनी वायुको प्रभाव देखिने मौसमविद् भट्टराईले जानकारी दिए ।

    यी दुई प्रदेशमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहँदै आएकोमा आजबाट मनसुनी वायुको पनि प्रभाव देखिन थालेको हो । विभागका अनुसार प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव रहँदै आएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदी तथा खोलामा बहाव बढ्ने भएकाले स्थानीयले सतर्क रहनु पर्नेमा उनको जोड छ ।

  • सम्बन्धित विषय:

  • # नारायणगढ-मुग्लिन सडक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology