Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीमती हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ

श्रीमती हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७९ शुक्रवार • १२:०९:५१ बजे
  • 751
    SHARES
  • श्रीमती हत्या आरोपमा श्रीमान र ससुरा पक्राउ

    श्रीमती हत्या आरोपमा प्रहरीले श्रीमान र ससुरालाई पक्राउ गरेको छ ।

    images

    धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका श्रीमान रामचन्द्र मण्डल र ससुरा सहदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

    दुवै जनाले मिलेर हत्या गरेको भन्दै गौरीकी आमा तेतरीदेवी मण्डलले २०७८ कात्तिकमै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

    सोही आधारमा दुवैलाई भारतको लदनियाबाट पक्राउ गरी नेपाल ल्याइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology