Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीमतीको हत्या गरेर आफै पुगे प्रहरी चौकी

श्रीमतीको हत्या गरेर आफै पुगे प्रहरी चौकी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७९ शुक्रवार • २१:५७:५० बजे
  • 1.4K
    SHARES
  • श्रीमतीको हत्या गरेर आफै पुगे प्रहरी चौकी

    अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

    images

    शुक्रबार दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले गम्छाले घाँटी कसेर श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक अर्जुन पौडेलले बताए ।

    दुई जना घरबाट नजिकैको जंगलमा घाँस दाउरा लिन भनी सँगै गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर मारी नजिकैको खोल्सीमा स्याउलाले ढाकेर ‘श्रीमतीको हत्या गरे’ भन्दै इलाका प्रहरी कार्यालय आत्मसमर्पण गरेका थिए ।

    प्रहरी निरीक्षक पौडेलले भने घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाका बारेमा अनुसन्धान भइरहेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology