Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखराको हेम्जामा बाढी, ६ सय घर प्रभावित

पोखराको हेम्जामा बाढी, ६ सय घर प्रभावित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७९ शनिवार • १०:५७:२२ बजे
  • 1.7K
    SHARES
  • पोखराको हेम्जामा बाढी, ६ सय घर प्रभावित

    सुईंखेत खोला बस्तीमा पस्दा पोखरा–२५ हेमजास्थित सुइँखेतको फाँट डुबानमा परेको छ ।

    images

    त्यहाँका ६ सय घर भलबाढीले प्रभावित भएको वडाध्यक्ष मोती तिमिल्सिनाले जानकारी दिए । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ ।

    डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष तिमिल्सिनाले बताए ।

    वस्तीसँगै व्यावसायिक फार्महरूमा पूर्ण क्षति भएको उनको भनाइ छ । यस्तै, पोखरा–१६ अर्मलास्थित खोलाखेतमा रहेको १ घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन ।

  • सम्बन्धित विषय:

  • # पोखराको हेम्जामा बाढी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology