Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा बाटोसँगै घर भासियो,सिक्लेस सडकमा आधा दर्जन पहिराे

पोखरामा बाटोसँगै घर भासियो,सिक्लेस सडकमा आधा दर्जन पहिराे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७९ आइतवार • ०९:५२:४५ बजे
  • 952
    SHARES
  • पोखरामा बाटोसँगै घर भासियो,सिक्लेस सडकमा आधा दर्जन पहिराे

    पोखरा–सिक्लेस सडक पहिरोका कारण ३ दिनदेखि अवरुद्ध भएको छ ।

    images

    उक्त सडकखण्डको आधा दर्जन स्थानमा पहिरो गएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

    पानी लगातार परिरहेकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा आउने सम्भावना कम रहेको उनको भनाइ छ ।

     केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ ।

    फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए । ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ,’ वडाध्यक्ष पराजुलीले भने, ‘घर ओढारजस्तो भएको छ ।’

    महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

    सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ । जमिनभित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology