Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना विरुद्धको रुसद्वारा बिकसित खोप पुटिनकी छोरी सहित ७६ जनामा परीक्षण , सकारात्मक परिणाम

कोरोना विरुद्धको रुसद्वारा बिकसित खोप पुटिनकी छोरी सहित ७६ जनामा परीक्षण , सकारात्मक परिणाम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०७७ शनिवार • १७:२७:०१ बजे
  • 1.5K
    SHARES
  • कोरोना विरुद्धको रुसद्वारा बिकसित खोप पुटिनकी छोरी सहित ७६ जनामा परीक्षण , सकारात्मक परिणाम

    एजेन्सी ।रुसी वैज्ञानीकहरुले बिकास गरेका कोरोना विरुद्ध खोपको पछिल्लो समयमा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनकी छोरी सहित ७६ जनामा गरिएको छ । परीक्षण गरिएकाहरुबाट निकै सकारात्मक परिणाम देखापरेको रुसी अधिकारीहरुले दाबी गरेका छन् ।

    images

    एजेन्सीका अनुसार सो खोपको परीक्षण जुन र जुलाइमा सुरु गएिको र त्यसमा दुई पटकमा हरेक समूहमा ३८ जना स्वस्थ व्यक्ति समावेश गरिएको थियो ।

    उनीहरुलाई पहिलो पटक सो खोप दिनुका साथै त्यसको तीन हप्तापछि बुस्टर डोज दिइएको थियो ।
    सो खोपको परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति समावेश थिए ।

    उनीहरुलाई खोप दिइएको ४२ दिन पछि परीक्षण गर्दा सबैमा तीन हप्ता भित्रै रोगसँग लड्ने एन्टिबडी पैदा भइसकेको थियो ।

    अध्ययनका क्रममा सबैमा टाउको र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट पाइए पनि अन्य कुनै गम्भीर साइडइफेक्ट नभएको पाइएको छ ।

    सो खोपको परीक्षण रुसी राष्ट्रपति भ्यादिमिर पुटिनकी छोरीमा पनि गरिएको र उनले राम्रो अनुभव गर्नुका साथै उनमा धेरै मात्रामा एन्टिबडी उत्पन्न भएको पुटिनले जानकारी गराउनुभएको समाचारमा जनाइएको छ ।

    रुसले सो खोपको ठूलो संख्यामा यही सेप्टेम्बरभित्र उत्पादन थाल्ने र एक वर्षमा ५० करोड डोज उपलब्ध गराउन सकिने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology