Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि

काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७९ आइतवार • १७:५७:४७ बजे
  • 1.2K
    SHARES
  • काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि

    काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हालसम्म १२ जनामा हैजा पुष्टि भएको रातोपाटीलाई जानकारी दिए ।

    images

    पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ ।

    निर्देशक डा. दासका अनुसार अनुसार, बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # १२ जनामा हैजा पुष्टि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology