Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बलेरो दुर्घटना हुँदा तीनको मृत्यु

बलेरो दुर्घटना हुँदा तीनको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७९ सोमवार • ०९:४०:३४ बजे
  • 880
    SHARES
  • बलेरो दुर्घटना हुँदा तीनको मृत्यु

    पाँचथरबाट बिरामी बोकेर झापातर्फ जाँदै गरेको बलेरो इलाममा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

    images

    पाँचथरको मिक्लाजुङस्थित प्राथमिक स्वास्थ्य केन्द्र रबिबाट बिरामी लिएर झापाको दमक जाँदै गरेको बलेरो इलामको माङसेबुङ गाउँपालिका–२ दहगाउँमा दुर्घटना हुँदा पाँचथरका दुई तथा इलामका एक जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ कुरुम्बाका ६५ वर्षीय हिमप्रसाद लावती र उनकी श्रीमती ५७ वर्षीय पदमकुमारी तथा इलामको माङसेबुङ गाउँपालिका–२ का ५० वर्षीय प्रकाश राई छन् ।

    घाइतेमध्ये हिमप्रसाद र प्रकाशको घटनास्थलमै तथा पदमकुमारीको उपचारका लागि झापाको दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    रबिबाट दमकतर्फ जाँदै गरेको मे१ज ४८७ नंको बलेरो आज दिउँसो करिब १२ बजे सडकबाट करिब २०० मिटर तल झरी दुर्घटना भएको हो ।

    बलेरो चालक भने फरार रहेकाले खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology