Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

कार लुट्ने तीन भारतीय नागरिक पक्राउ

कार लुट्ने तीन भारतीय नागरिक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७९ सोमवार • २०:३६:५७ बजे
  • 799
    SHARES
  • कार लुट्ने तीन भारतीय नागरिक पक्राउ

    कैलालीमा गाउँपालिका कर्मचारीलाई कब्जामा लिई कार लुटेर भागेका तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

    images

    कैलालीको गोदावरी जङ्गलमा चालकलाई बाँधेर लुटपाट गरी कार लिएर भागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उनीहरूलाई कैलालीको गोदावरी-१ स्थित जङ्गलबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा भारत हरियाण प्रदेश सोनीपथका २१ वर्षीय भगत सिंह, १८ वर्षीय हिल बिदलिसे र २० वर्षीय सन्नी जौट रहेका छन् ।

    उनीहरूले लुटेको कार प्रहरीले गोदावरी- १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा फेला परेको छ ।

    लिफ्ट मागेर सँगै आएको तीन जनाको समूहले कैलालीको गोदावरीको जङ्गलबाट डडेल्धुराको अतिताल गाउँपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको कार लुटेका थिए ।

    लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिट समेत गरेका थिए । उनलाई लुटेराले बाँधेर लुटेराहरू फरार भएका थिए ।

    कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology