Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशभर वर्षा, बाढी र पहिराेकाे जाेखिम

देशभर वर्षा, बाढी र पहिराेकाे जाेखिम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७९ बुधवार • ०९:४१:४९ बजे
  • 922
    SHARES
  • देशभर वर्षा, बाढी र पहिराेकाे जाेखिम

    नदी तटीय क्षेत्रमा बाढीको जोखिम भएकाले विषेश सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

    images

    कैलाली,कन्चनपुर र आसपासका स्थानमा भारी वर्षा भएको, कान्द्रा, मोहना, खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेकाले एसएमएसमार्फत् जानकारी दिएको हो ।

    कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेकाले बिहान १० बजेसम्म जोखिम बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैबीच आज पनि मौसम बदली भई देशभर वर्षा हुने भएको छ । महाशाखाका अनुसार मनसुन देशैभर फैलिएको छ । आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षा हुनेछ ।

    महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । पहाडी क्षेत्रमा पहिरो, खोलाहरूमा बाढी आउन सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन सूचित गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology