Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ–म्याग्दीखण्ड राजमार्ग अवरुद्ध

बागलुङ–म्याग्दीखण्ड राजमार्ग अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७९ बुधवार • ०९:४४:०५ बजे
  • 1.0K
    SHARES
  • बागलुङ–म्याग्दीखण्ड राजमार्ग अवरुद्ध

    निरन्तरको वर्षाका कारण बागलुङका २ ठूला राजमार्ग अवरुद्ध भएका छन् ।

    images

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ–बुर्तिबाङखण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ ।

    लोकमार्गअन्तर्गत तुरतुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

    तुरतुरेमा बर्सेनि पहिरो खस्ने गरेको छ । यस्तै बागलुङबाट म्याग्दी जोड्ने मुख्य सडकसमेत पहिराले अवरुद्ध बनाएको छ ।

    बागलुङ नगरपालिका–४ र म्याग्दीको बेनी नगरपालिका–१ को सिमानास्थित डम्मरेखोला नजिकै पहिरोले सडक पुरेको हो । निरन्तर पानी परिरहेकाले सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology