Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

झापा र मोरङमा बाढी, ५ सय जना विस्थापित

झापा र मोरङमा बाढी, ५ सय जना विस्थापित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७९ बुधवार • ०९:५०:५६ बजे
  • 712
    SHARES
  • झापा र मोरङमा बाढी, ५ सय जना विस्थापित

    अविरल वर्षासँगै आएको बाढीका कारण मोरङ र झापामा ठुलो बस्ती डुबानमा परेको छ । बाढीका कारण झापा र मोरङमा करिब ५ सय जना विस्थापित भएका प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले रातोपाटीलाई बताए ।

    images

    झापाको रतुवा खोला आसपासका बस्ती डुबानमा परेका छन् । मोरङको सिंघिया खोला र केसलिया खोलामा आएको बाढीका कारण धेरै मानिस विस्थापित भएका हुन् ।

    मंगलबार मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर हरैंचा–६ घर भएका ५८ वर्षीय रामबहादुर बिकको मृत्यु भएको थियो । प्रदेश–१ मा धनकुटा, सुनसरी, मोरङ र उदयपुरमा पहिरोका कारण सड्क अवरुद्ध भएको छ ।

    भित्रि सडकहरू अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको एसपी राईले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology