Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा रोपाइँ महोत्सव , ५ सयभन्दा बढी विदेशी सहभागी हुने

पोखरामा रोपाइँ महोत्सव , ५ सयभन्दा बढी विदेशी सहभागी हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७९ बुधवार • १०:०६:०३ बजे
  • 1.1K
    SHARES
  • पोखरामा रोपाइँ महोत्सव , ५ सयभन्दा बढी विदेशी सहभागी हुने

    राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउँदै छन् ।

    images

    पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७ औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ ।

    सबै याममा पर्यटक बोलाउन परिषदले महोत्सव गरेको हो । आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।

    ‘पोखराको पर्यटनमा सिजन र अफसिजन थियो । व्यवसायीहरुले नै विभिन्न इभेण्ट आयोजना गरेर हर मौसम घुम्न योग्य बनाएका छौं,’ उनले भने, ‘रोपाइँ महोत्सवको महत्व पोखरामा झन् बढी छ ।

    यहाँ विदेशी पर्यटकहरु नै सहभागी हुन्छन् ।’ रोपाईं महोत्सवबारे अध्ययन समेत सुरु भैसकेको छ । हरेक वर्ष विदेशी विद्यार्थीहरुले नेपालको रोपाइँ सँस्कारबारे अध्ययन गर्न १५ असारका दिन पोखरा आउने गरेका छन् ।

    खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न महोत्सवबाट टेवा पुग्ने विश्वास लिइएको छ ।

    महोत्सवमा साउने प्रतियोगिता, हल गोरुको दौड, हिलोमा माछा समात्ने प्रतियोगिता, दौड, असारे गीत तथा रोपाइँ प्रतियोगिता, नेपाली र विदेशीलाई हिलोमा दौड प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रम हुनेछन् ।

    प्रतियोगितामा पहिलो हुनेले ७ हजार र दोश्रो हुनेले ५ हजार पुरस्कार पाउनेछन् । पाँच सय विदेशीसहित करिब १० हजार जना सहभागी हुने आयोजकको अनुमान छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology