Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतले धौलीगंगा बाँध खोल्यो, महाकाली किनारमा सतर्क रहन आग्रह

भारतले धौलीगंगा बाँध खोल्यो, महाकाली किनारमा सतर्क रहन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७९ बिहिवार • १०:१२:५३ बजे
  • 814
    SHARES
  • भारतले धौलीगंगा बाँध खोल्यो, महाकाली किनारमा सतर्क रहन आग्रह

    भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्दा महाकालीमा पानीको तह बढेको छ ।

    images

    पिथौरागढस्थित धौलीगंगा पावर स्टेशनले बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो ।

    विद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिङ्ग हुने र सो कामका लागि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने पत्रमा उल्लेख छ ।

    कार्यालयले सार्वजनिक सूचना जारी गर्दै बाँधको ढोका खोलिंदा जलसतह बढ्ने र क्षति पुग्न सक्ने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ ।

    बाढी पूर्वामुमान महाशाखाले पनि महाकाली जलाधारका केही स्थानमा भारी वर्षा भई नदीमा बहाव बढ्ने भएकाले सतर्कता अपनाउन भनेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology