Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कांग्रेस उपसभापति गुरूङ चढेको गाडी दुर्घटना

कांग्रेस उपसभापति गुरूङ चढेको गाडी दुर्घटना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७९ बिहिवार • १०:२८:३२ बजे
  • 631
    SHARES
  • कांग्रेस उपसभापति गुरूङ चढेको गाडी दुर्घटना

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ ।

    images

    रामेछापको गोगनेमा गुरूङसहित ५ जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो सडकबाट चिप्लिएको हो ।

    अचानक गाडी सडकको ट्र्याक छाडेर छेउतर्फ गएको तर, ढुंगाको ओट लागेर रोकिएको उपसभापति गुरूङले बताए । ‘ढुंगाको ओट लागेकाले ठूलो दुर्घटना हुनबाट जोगियो,’ गुरुङले भने ।

    गाडीको एकातर्फको दुवै टायर सडकभन्दा बाहिर पुगेपनि क्षति भने नभएको र सबैजना सकुशल रहेको गुरुङले बताए । गाडी तान्न एक्साभेटर बोलाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology