Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंका सडकमा भीक माग्न नपाइने

काठमाडौंका सडकमा भीक माग्न नपाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७९ शुक्रवार • ०९:५७:११ बजे
  • 892
    SHARES
  • काठमाडौंका सडकमा भीक माग्न नपाइने

    काठमाडौं महानगरले सडकमा भिक्षा माग्न निषेध गरेको छ ।

    images

    शुक्रबार एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो ।

    असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि अब सडकमा भीक माग्न नपाउने भएका छन् ।

    यस्ता व्यक्तिका लागि महानगरले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्ने महानगरले जनाएको छ । तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर–घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ ।

    माग्नेलाई सहयोग नगर्न पनि महानगरवाशीलाई अनुरोध गरिएको छ । पछिल्लो समय काठमाडौंमा ज्यालामा मान्छे प्रयोग गरेर भीक माग्न लगाउने क्रम बढेको छ । महानगरको ११औं अधिवेशनले यो नीति पारित गरेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology